arrow

शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने भूमिका

राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्थ्यो - राजेन्द्र लिङ्देन [भिडियो]

शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
rajendra-lingden-04-30.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउँदै गर्दा विगतको द्वन्द्वलाई बिर्सनु नहुने बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियामा सबैलाई अटाएर लैजानुपर्ने बताए । 

उनले कसरी टुङ्ग्याउने भन्ने कुरामा मात्रै छलफल हुँदा त्यस बेलाका पीडित पक्षलाई नछोइएको बताए । उनले द्वन्द्व कसका कारण र कसका लागि भयो ? भन्ने मुख्य कुरा रहेको भन्दै युद्ध गर्नेले जनयुद्ध भन्दा हुने तर सबैले भन्नुपर्छ भन्ने कुरा मान्य नहुने बताए । त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै दोहोरिन दिनु नहुने बताए । 

उनले भने, ‘जब शान्ति प्रक्रियाको कुरा आउँछ, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने कुरा गर्दछौँ । त्यस बेला हामीले विगतको द्वन्द्वलाई बिर्सनु हुँदैन । अहिले कसरी टुङ्ग्याउने भन्ने कुरा मात्रै भइरहेको छ । त्यो द्वन्द्व कसका कारण भयो, कसका लागि भयो ? त्यो भन्नलाई नाम दिनलाई जसले द्वन्द्वको नेतृत्व गर्‍यो, प्रत्यक्ष सामेल भयो, त्यसले जनयुद्ध भने हुन्छ । कसैले सशस्त्र विद्रोह, कसैले हिंसात्मक विद्रोह भने हुन्छ । तर हामीले यो कुरा बिर्सिनु हुँदैन की त्यस प्रकारको द्वन्द्व फेरि देशमा कहिल्यै नदोहोरियोस् । यस द्वन्द्वमा विद्रोही र सरकार पक्ष मात्रै छैनन् । जो द्वन्द्वमा प्रत्यक्ष रूपमा सामेल थिएन त्यो पनि सबैभन्दा बढी पीडित भएको छ ।’ 

अध्यक्ष लिङदेनले सम्झौताको एउटा पक्ष तत्कालीन राजालाई स्मरण गर्नुपर्ने भए पनि नसम्झिएको भन्दै आपत्ति जनाए । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने भूमिका खेलेबापत तत्कालीन राजालाई राजनीतिक दलहरूले नोबेल पुरस्कारका लागि सिफारिस गर्नुपर्ने बताए । आफूले मौका पाउने बित्तिकै अरूलाई बिर्सिन नहुने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ