arrow

अप्रिय सडक दुर्घटनाबाट नसिकेको प्रशासन [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
road-accident-81-4-31www-(1.jpg

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा द्रूत गतिमा आएको ट्रकले ट्राफिक चेक गराइरहेको स्कुटरलाई ठक्कर दिएपछि भएको घटनाले उक्त क्षेत्र दिउँसो अस्तव्यस्त बन्यो । 

गठ्ठाघरको घटनाले उक्त क्षेत्रमा सवारी नचल्दा पुरानो बाटो भएर चल्ने जडिबुटीदेखि भक्तपुरको सडक झन् अस्तव्यस्त भयो । 

साँझसम्म पनि उक्त सडक पूर्णरुपले नियमित भएको छैन । विद्यालयका बसहरु जाममा पर्दा साना साना बालबालिकाहरु समयमै घर जान नपाउँदा उनीहरुका अभिभावकहरुको चिन्ताको बेथा फरक थियो । 

विद्यार्थीहरु भोकका कारण छट्पटाइरहेका थिए भने कतिपय सानासाना विद्यार्थीहरु त रोइरहेका पनि देखिन्थे । 

ट्राफिकले व्यवस्थापन गर्न सकिरहेको थिएन । प्रहरीसमेत आएर सवारी व्यवस्थापन गर्न खोजे पनि सहज पार्न नसक्दा पुरानो सडक पनि तीन घण्टा अस्तव्यस्त भयो ।

एक किलोमिटरको बाटो तय गर्नमात्रै डेढ घण्टा भन्दा बढी समय लागेको थियो । 

के हो गठ्ठाघरको घटना ?

खुला बाटो पाउनासाथ द्रूत गतिले हाँक्ने ट्रक वा यस्ता सवारीलाई कारबाहीको दायरामा ल्याएर पनि छु्टको सुविधा दिँदै आएको ट्राफिकका कारण एक महिलाले अकालमा ज्यान गुमाउनु पर्यो । 

पहिले खुट्टामा मात्र लागेकी महिलालाई प्रत्यक्षदर्शीहरुका अनुसार ट्राफिककै अगाडि ट्रकले ब्याक गरेर मारेपछि भने स्थानीय आक्रोशित भए । 

ट्राफिकक अगाडि भएको घटनामा सुरक्षा निकाय निरीह भएपछि स्थानीय आक्रोशित भए । उल्टै स्थानीयमाथि लाठीचार्ज हुन थालेपछि माहोल झन् बिग्रियो । 

त्यसपछि त ढुंगामुढा नै भयो । 

यसरी हुने घटनाबाट कोही कसैले पाठ नसिकेको स्पष्टै छ । ट्राफिक चिट काट्न पाए पुग्ने मानसिकतामा रहेको हुन्छ भने चालकहरु खुला बाटो पाउनासाथ अनियन्त्रित भएर चलाउँछन् । 

रोकिराखेको स्कुटरलाईसमेत ठक्कर दिने गरी कसरी चलाइएको होला ट्रक ? त्यतिमात्र होइन सडकमा बसहरुलेसमेत यसरी नै अनियन्त्रित तरिकाले चलाउने गर्छन् । 

ट्राफिकलाई सजिलो भने दुई पाङ्ग्रे वा साना सवारीलाई समात्न सजिलो भइरहेको छ । पछिल्ला केही हप्तादेखि नै सडकमा ट्राफिकहरु सवारी चेकिङलाई जोड दिइरहेका छन् । 

उनीहरुको हातमा चिट काट्ने बिल नै तेर्सिएको हुन्छ । कुनै न कुनै गल्ती देखाएर चिट काट्ने त्यही कामका कारण एक महिलाको ज्यान गयो । 

तर के जायज र के नाजायज भनेर हेर्नुपर्ने बेला आइसकेको छ । आधुनिकीकरणमा पुगिसकेको भन्ने अनि अझै पनि चिट काटेर बस्ने कि भिडियो मनिटरिङ गरेर कारबाही गर्ने ? 

कतिपय ट्राफिक त लुकेरै पनि सवारीलाई समात्ने गर्छन् । हरेक ठाउँमा सीसीटीभी राखिएको हुन्छ । सम्पर्क सूत्र हुन्छ अनि समाउन पनि सकिन्छ नि । 

कतिपय अवस्थामा त दौडेर पिछा गर्दै सवारी समातेको पनि देखिन्छ । आखिर ट्राफिकको पनि ज्यान हो नि । यति मरिहत्ते गर्नुपर्ने आवश्यकता के छ ? एकले नसके अर्कोले समाउँछ भागेको सवारीलाई । 

वाकीटकीमा तुरुन्तै सूचना प्रवाह गर्न सकिन्छ । खैर अब पुरानै ढर्रामा चल्ने कि नयाँ सोचबाट अगाडि बढ्ने त्यो ट्राफिक प्रशासनको काम । 

तर यसरी हुने घटनामा कमी नआउनु भने ट्राफिकको कदम प्रभावकारी छैन भन्ने निश्चित हो । 

चिट काटेर र जरिबाना बढाएरमात्र समस्याको समाधान हुँदैन । उपत्यकाभित्रको सवारीको गति कति हो ? यतातर्फ पनि गम्भीर भएर लागू गर्नुपर्छ । 

कतिपय ट्राफिक त आफैँले सवारी हाँक्दा ट्राफिक नियम उल्लंघन गरेका हुन्छन् । त्यसको असर तिनै गति छाडेर कुँद्ने चालकहरुमा पर्छ । 

आखिर दुस्साहस बढाउने काम कसले गरिरहेको छ ? 


 

road-accident-81-4-31www (1).jpg
road-accident-81-4-31www (2).jpg
road-accident-81-4-31www (3).jpg
road-accident-81-4-31www (4).jpg
road-accident-81-4-31www (5).jpg
road-accident-81-4-31www (6).jpg
road-accident-81-4-31www (7).jpg
road-accident-81-4-31www (8).jpg
road-accident-81-4-31www (9).jpg
road-accident-81-4-31www (10).jpg
road-accident-81-4-31www (11).jpg
road-accident-81-4-31www (12).jpg
road-accident-81-4-31www (13).jpg
road-accident-81-4-31www (14).jpg
road-accident-81-4-31www (15).jpg
road-accident-81-4-31www (16).jpg
road-accident-81-4-31www (17).jpg
road-accident-81-4-31www (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ