arrow

जनार्दनले पार्टी फुटाउँछ भन्ने हल्ला गलत - प्रचण्ड [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३१ बिहिबार
prachanda-04-31-1.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको बताए । उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको बताए । उनले पार्टी एकताबद्ध भएको पनि बताए । 

उनले भने, ‘पार्टी फुट्ने कुरा बिलकुलै निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन् । होहल्ला, प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम भए । यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन् । खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउँछ भनेको जस्तो जो माहौल बनेको छ, त्यो बिलकुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकर लगायतसँग जे आशंका गरिएको छ, गलत छ ।’

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पीडित केन्द्रित, पीडित मैत्री बनाउने सम्पूर्ण प्रयास गरिएको र यसले पीडितहरूको मागलाई, चाहनालाई राम्रोसँग सम्बोधन गरेको जिकिर गर्नुभयो । दृढतापूर्वक कार्यान्वयनमा लैजान आवश्यक रहेको बताए । 



नयाँ