arrow

ग्राहकप्रति अनुदार बन्दै बैंकहरु, फेरि घट्यो ब्याजदर, कसको कति ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३२ शुक्रबार
banks-nepal-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा बढ्दै गएको भए पनि ग्राहकप्रति भने अनुदार बन्दै गएको देखिएको छ । भदौ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटेसँगै ग्राहकप्रति अनुदार हुँदै गएको देखिएको हो । 

मौद्रिक नीतिअनुसार भदौ महिनादेखि ब्याजदर बढ्ने अनुमान विपरीत बैंकहरुले ब्याजदर उल्टै घटाएका हुन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब भदौ महिनाका लागि ६.५३ प्रतिशत कायम भएको छ । 

साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत रहेको थियो । साउनको तुलनामा भदौमा २० बैंकहरुको ब्याजदर ०.२१ विन्दुले घटेको हो ।

१३ बैंकको ब्याजद घटेको छ भने ६ बैंकहरुले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् । एक बैंकले ब्याजदर बढाएको छ । 

ग्लोबल आईएमई, लक्ष्मी सनराइज, कुमारी, माछापुच्छ्रे, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् । 

प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको भने पछिल्ला महिनाहरुमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् । 

अहिले बैंकहरुबीच ब्याजदर घटाउने होड नै चलिरहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ