arrow

मन्द विषालु ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १ शनिबार
snake-banke.jpg

बाँके । बाँकेमा नेपालमा कमै मात्रामा पाइने रातो सर्पको उद्धार गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जको टोलीले राप्तीसोनारी गाउँपालिका-८ पेरानीस्थित एक विद्यालयको कक्षा कोठाबाट ‘कोरल रेड कुक्री’ प्रजातिको सर्पलाई उद्धार गरेको हो ।

निकुञ्जका रेन्जर यामबहादुर रावतकानुसार यस प्रजातिको सर्प भारत र नेपालका केही स्थानमा मात्र पाइने गरेको छ ।

दुर्लभ नभए पनि अत्यन्त कम मात्रामा पाइने यो सर्प विशेष गरेर नरम माटोभित्र लुकेर बस्ने गरेको पाइएको उनले जानकारी दिए ।

“नेपालमा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्जमा यस प्रजातिको सर्प पाइएको छ ।

बाँकेमा दुई वर्षअघि निकुञ्जकै कम्पाउन्डभित्र रातो सर्प पाइएको थियो”, उनले भने ।

झट्ट हेर्दा यस सर्पको टाउको र घाँटी छुट्टिएको स्पष्ट देखिँदैन ।

यो अन्य सर्पभन्दा कमै मात्रामा पाइने मन्द विषालु सर्पको प्रजातिमा पर्दछ ।

उद्धार गरेर ल्याइएका सर्पलाई निकुञ्जको जङ्गल क्षेत्रभित्र लगेर व्यवस्थापन गर्दै आएको रेन्जर राउतले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ