arrow

अन्त्य 

logo
शिरिष विलास, 
प्रकाशित २०८१ भदौ १ शनिबार
shirish-vilash-81-5-1.jpg

अत्याशमा आँखा खोली एकैचोटी ब्युँझिएँ 
हराएको जीवनलाई टोलाउँदै खोजी राखेँ
अत्याशमा आँखा खोली एकैचोटी ब्युँझिएँ
हराएको जीवनलाई टोलाउँदै खोजी राखेँ ।

चारैतिर सबैतिर आफ्नो अस्तित्वलाई खोजेँ,
सधैँ साथ दिने छायाँ पनि कता गयो भनी खोजेँ 
एकाएक चिच्याएको आवाज सुने जस्तै लाग्यो
त्यो चित्कारले आफ्नो नाम लिए जस्तै लाग्यो ।

‘को हो’ भनी त्यो चित्कारमाथि आवेशमा कराएँ 
‘के हो’ भनी हेर्दा त्यो हराएको जीवनलाई पाएँ 
फूलको सिंगारले आफ्नो अस्तित्व ढाकेको देखेँ
आफू जस्तै देखिने एक शरीरलाई बोकेको देखेँ ।

बेहोश त्यो आँखालाई चिच्याएर बिउझाउन खोजेँ
स्थिर त्यो जीवनलाई घच्घच्याएर उठाउन खोजेँ
असफल त्यो प्रयासमा आफुलाई विवश पाएँ 
अन्योल यो क्षणमा आफूलाई त्यागेको पाएँ ।

मेरो छायाँसँगको साइनो टुटिसकेको रहेछ
मेरो जीवनसँगको गाइनो उठिसकेको रहेछ
जीवनको यो घाम झुकिसकेको रहेछ 
प्रकाशको यो दीप बुझिसकेको रहेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ