arrow

‘आफूविरुद्ध आफैँ’ अभियान थाले साहित्यकारले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २ आइतबार
chhabi-pratirodh.jpg

काठमाडौँ । साहित्यमा निरन्तर क्रियाशील स्रष्टाहरुले ‘आफूविरुद्ध आफैँ’अभियान शुरू गरेका छन् । साहित्यिक क्षेत्रमा क्रियाशील स्रष्टाहरूले राजधानीमा एक कार्यक्रमबीच यो अभियानको शुरूआत गरेका हुन् ।  

यो अभियानले तीन वटा उद्देश्य तय गरेको छ । समकालीन लेखनका दिशा र प्रवृत्तिगत वैशिष्ट्यबारे विमर्श गर्ने ,लेखनको विषय वस्तु र शिल्प विन्यासमा नवीनताको खोजी गर्ने तथा आफ्नै लेखनको सीमा र शक्तिबारे आत्म समीक्षा गर्ने गरी अभियान शुरू भएको हो । साहित्यकारहरु प्रशंसाको भोका हुन्छन् भन्ने मान्यतालाई चिर्दै यो अभियान अघि बढ्ने बताइएको छ । 

सिर्जनात्मक अभियानबारे यसका अभियन्ता साहित्यकार आरएम डङ्गोलले  लक्ष्य र उद्देश्यबारे प्रकाश पारे । ‘यो अभियान कसैप्रति लक्षित छैन, आफ्नै लेखनप्रति लेखकहरू जिम्मेवार हुनपर्छ भन्ने उद्देश्य हो’, कवि डङ्गोलले  भने। 

उनका अनुसार यो अभियानको संयोजकमा साहित्यकार नवराज रिजाल रहेका छन् । अन्य सदस्यहरूमा आरएम डङ्गोल, छविरमण सिलवाल, होमशंकर बास्तोला , दीपक विहीन, बोधराज पौडेल र प्रतिरोध कार्की रहेका छन् । 

कार्यक्रममा बास्तोलाले अभियानको उद्देश्य , लक्ष्य र गन्तव्यबारे जानकारी गराउँदै समसामयिक र समकालीन नेपाली साहित्यिक लेखनमा लेखकहरू स्वयम् जिम्मेवार हुनु पर्ने धारणा राखे ।

साथै अभियानको पहिलो दिन कवि प्रतिरोध कार्कीको ‘घामको पहाड’ कविता सङ्ग्रहमाथि प्रमुख वक्ताको रूपमा साहित्यकार डङ्गोलले समीक्षा गरेका थिए । उनले सङ्ग्रह भित्र रहेका कवितामाथि टिप्पणी गर्दै लेखकलाई भरपुर लेखकीय सुझाव दिएका थिए । 

त्यसै गरी समीक्षक बोधराज पौडेल होमशंकर बास्तोला, छविरमण सिलवाल, दीपक विहीनले  कृतिमाथि टिप्पणी गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ