arrow

मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको सङ्कट बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ४ मंगलबार
south africa.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सोमबार मध्यपूर्व र उत्तर अफ्रिकामा कुपोषणको ‘गहिरो सङ्कट’ले एक तिहाइ बालबालिकालाई असर गर्ने चेतावनी दिएको छ ।

“मध्यपूर्व र उत्तर अफ्रिका (एमइएनए) मा कम्तीमा सात करोड ७० लाख अर्थात तीनमध्ये एक बालबालिका कुनै न कुनै प्रकारको कुपोषणले पीडित छन्”, संयुक्त राष्ट्र बाल एजेन्सी युनिसेफले विज्ञप्तिमा भनेको छ ।

मूल्याङ्कन गरिएका २० देशमा पाँच करोड ५० लाख बालबालिका मोटोपनले पीडित रहेको विज्ञप्तिमा उल्लेख छ । मोटोपनलाई युनिसेफले एक प्रकारको कुपोषण मानेको छ । युनिसेफका अनुसार थप दुई करोड ४० लाख बालबालिका पुड्कोपन र दुब्लोपनको शिकार छन् । 

युनिसेफका क्षेत्रीय निर्देशक एडेल खोडरले साना बालबालिकामध्ये एक तिहाइलाई मात्र पौष्टिक खाना उपलब्ध गराइएको बताए ।

युनिसेफले सरकारहरूलाई उनीहरूको योजना र नीति बनाउँदा पोषणलाई ध्यान केन्द्रीत गर्न आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले गत महिना द्वन्द्व, आर्थिक उथलपुथल र जलवायु परिवर्तनले गत वर्ष विश्वको करिब नौ प्रतिशत जनसङ्ख्यालाई प्रभावित तुल्याउँदै भोकमरी कम गर्ने प्रयासमा अवरोध सिर्जना गरेको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ