arrow

खोलामा बगेका बालक मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
Chitwan_District.png
फाइल तस्बिर

चितवन । चितवनको कालिका नगरपालिका-७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् ।

कालिका-७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए ।

मंगलबार घटनास्थलबाट करिब चार किमी तल कालिका-६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ