arrow

सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
Baraha Pokheri.jpg

सुनसरी । वराहक्षेत्र नगरपालिका–१ स्थित पर्यटकीयस्थल सूर्यकुण्ड संरक्षणमा स्थानीय सरकार जुटेको छ । धार्मिक महत्वको कुण्ड संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकाले बराहक्षेत्र नगरपालिका सम्पदा जोगाउन सक्रिय भएको छ । 

नगरप्रमुख रमेश कार्कीले सूर्यकुण्ड क्षेत्रका ऐतिहासिक सम्पदाको संरक्षण पालिकामात्र नभइ समाजका सबै वर्गको दायित्व भएकोे बताउँदै बराहक्षेत्र मन्दिर, साथै बराहक्षेत्र–१ स्थित औलिया मठलगायत संरचनामा सरसफाइ गरिएको जानकारी दिए । 

सम्पदा संरक्षण एवं मठमन्दिरको नियमित रूपमा सरसफाइ गरिने प्रतिबद्धता उनले व्यक्त गरे । 

सूर्यकुण्ड क्षेत्रको विकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिरहेको छ”, नगरप्रमुख कार्कीले भने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ