- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।
सोमालिया मानवीय कोष (एसएचएप) ले यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएच) ले बताएको छ ।
यस कोषले ओसीएच र आफ्ना ५४ साझेदारलाई सोमालियामा बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ ।
कोषले रकमलाई आपतकालिन परियोजना र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । साथै केन्द्रीय आपतकालीन प्रतिक्रिया कोषका लागि २० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।
"सबै परियोजनामा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा सुनिश्चित गरिएको छ । साथै, ९० प्रतिशत परियोजनाले लैङ्गिक समानताका विभिन्न क्षेत्रहरुमा योगदान पुर्याउनेछ” ओसीएचले उल्लेख गरेको छ ।