arrow

पार्टीबाटै हटाउन रास्वपाले मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

यसअघि रास्वपाले उनलाई पार्टी हित विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

डा. ढकालले भने कानून अनुसार आफू अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमासमेत रास्वपाको निर्णय कानून विपरीत भएको भन्दै निवेदन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ