arrow

पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट तीन लाख ७२ हजार रुपैयाँ बचत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
hari-pd-parajuli-kheladi-manch.jpg

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा पोखरामा सम्पन्न १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट तीन लाख ७२ हजार रुपैयाँ बचत भएको छ ।

प्रतियोगिता सम्पन्न भएको करिब ६ महिना पनि बुधबार आयव्यय सार्वजनिक गरेको हो । मञ्चले प्रतियोगिता प्रविधिमा जाँदा कम बचत भएको जनाएको छ ।

मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार प्रतियोगिताबाट तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत भएको छ ।

प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो । विभिन्न सहयोगदाताबाट ७१ लाख ९४ हजार छ सय ३६ रुपैयाँ आम्दानी भएको छ ।

यसैबीच १९औँ संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । सो प्रतियोगितामा थप एक विधासमेत थप गर्ने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्ष पराजुलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ