arrow

एक्सप्रेस टी विद्युतीय ट्याक्सीको नयाँ सर्भिस सेन्टर गोगंबुमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ५ बुधबार
xpress-T-workshop-Inauguration.jpg

काठमाडौँ। एक्सप्रेस टी विद्युतीय ट्याक्सीको गोगंबु स्थित नयाँ सर्भिस सेन्टर यही भाद्र ५ गते देखी सञ्चालनमा आएको छ। सर्भिस सेन्टरको उद्घाटन कार्यक्रम प्यासेन्जर भेहिकल बिजनेस युनिटका महाप्रबन्धक सावन्त जङ्ग सिजापती, प्यासेन्जर भेहिकल कस्टमरका केयरका सहायक महाप्रबन्धक कुमार भण्डारी तथा एक्सप्रेस टीका प्रतिनिधिहरू रन्धिर चौधरी र प्रसन्न रगंनाथनको उपस्थितिमा सम्पन्न भएको हो।  

कम्पनीको सेवा सञ्जाल बिस्तार योजना अनुरूप ग्राहकको सुविधालाई ध्यानमा राखी नयाँ सर्भिस सेन्टर थप गरिएको हो। एक्सप्रेस टी विद्युतीय ट्याक्सीको सर्भिसिङ्ग तथा चार्जिङ्ग सुविधाहरू सहितको यस सर्भिस सेन्टर मार्फत ग्राहक सेवालाई परिष्कृत पारिएको कम्पनीले जनाएको छ।

यस सर्भिस सेन्टर उद्घाटनको अवसरमा यही भाद्र ५ गते देखी ७ गतेसम्म शुभारम्भ क्याम्प आयोजना गर्न लागेको छ। उक्त क्याम्प अन्तर्गत सर्भिसिङ्ग गर्दा लेवर चार्ज, गाडीको टप वास, सस्पेन्सन चेकअप, मल्टी प्वाइन्ट चेकअप, ब्रेक चेकअप, ब्याट्री र इलेक्ट्रकल चेकअप, कम्प्युटर डाइग्नोसिस र आँखाको चेकअप लगायतका सुविधाहरू निःशुल्क रूपमा प्राप्त गर्न सकिनेछ । यसका साथै स्पेयर पार्टस र ल्युब्रिकेन्टसमा १८५ छुट प्राप्त गर्न सकिनेछ।

‘एक्सप्रेस–टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरूले मन पराएका छन्। नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठुलो गाडी, सामान राख्न पर्याप्त बूट स्पेस ले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ