arrow
ADVERTISEMENT

त्रिविलाई विवादित बनाउन खोजेको विषय संसदमा, सुमनाले उठाइन् प्रधानमन्त्रीको नियतमाथि प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ६ बिहिबार
sumana-shrestha-81-5-6t.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई राजनीतिमुक्त बनाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्षमतामाथि प्रश्न गरेकी छिन् ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा उनले त्रिभुवन विश्वविद्यालयको एउटा विभागमा विभागीय प्रमुख नियुक्तिको विषयमा असुरक्षा बढेको भन्दै राजनीतिकरणका कारण दुर्दशा निम्तिएको बताइन् । 

उनले यस्तो हुनुमा प्रधानमन्त्रीको कार्यक्षमता र नियतमा प्रश्न उठेको उल्लेख गरिन् । उनले प्रधानमन्त्रीले शिक्षालयमा राजनीति चाहिन्छ भनेर वकालत गर्दै हिँडेको बताइन् । शिक्षक र प्राध्यापकले राजनीति गर्नुपर्छ भन्दै सेनापतिका रूपमा प्रधानमन्त्री बोल्दै हिँडेको उनले आरोप लगाइन् ।

उनले शिक्षालयमा राजनीति पस्न दिन नहुने बताइन् ।

यसो भनिन् उनले संसदमा–
त्रिभुवन विश्वविद्यालयमा कुट्ने लहर चलेको छ । धम्क्याउने लहर चलेको छ । राजीनामाको लहर चलेको छ । संस्कृत विश्वविद्यालयमा राजनीतिक दबाबका कारण काम गर्ने परिस्थिति भएन भनेर उपकुलपतिले राजीनामा गरेको धेरै भएको छैन । त्यस्तै, त्रिभुवन विश्वविद्यालयमा सुरक्षा भएन, गुण्डाहरूले फोन गरेर धम्क्याए भनेर त्यो पनि एउटा विभागीय प्रमुखको पदको लागि । यो दलीय राजनीतिकरणले निम्त्याएको दुर्दशा हो । तर यो त्यतिमा मात्रै सीमित रहँदैन । यसमा कार्यक्षमता र नियतको पनि प्रश्न उठ्छ । विभाग भएका विश्वविद्यालयका कुलपतिको प्रधानमन्त्री, एउटा मन्त्रीले अर्को मन्त्रीलाई सामाजिक सञ्जालमा जोडदार माग गर्नुपर्ने त्यो मन्त्रिपरिषद्को कप्तान को ? प्रधानमन्त्री । दुईवटा ठूला दलको भ्रातृसंगठन, प्रशासनिक संगठन, प्राध्यापकको संगठनले जर्जर बनाएर म यो दिशा दिन्छु भनेर त्यो हाँक्ने कप्तान को ? प्रधानमन्त्री । साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासक मुकदर्शक भए । त्यसको माउ पार्टीका अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ । राजनीति चाहिन्छ, शिक्षकले राजनीति गर्नुपर्छ, प्राध्यापकले गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही । टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारण चाहिँ के छ ? बताइदिनुपर्‍यो । मैले यसमा सरकार र कुलपतिज्यूको गम्भीर ध्यानाकर्षण गराएँ । मेरिटको आधारमा नभएर कुन पार्टीको झोला बोक्यो उसलाई चाहिने विभागीय प्रमुख बनाउ भन्ने र लाखौँ लाख विद्यार्थीहरुलाई बाहिर जाउ भनेर मुखमा रामराम बगलीमा छुरा यस्तो इस्टिच्युसनको हामी घोर विरोध गर्छौँ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ