arrow

खै अब म के गर्दैछु 

logo
क्रिस गौतम, 
प्रकाशित २०८१ भदौ ८ शनिबार
krish-gautam-81-5-6.jpg

माथि चढ्दा 
सुरेली खेल्दै 
तल झर्दैछु
म सारै अन्योलमा छु
कसलाई सोधुँ 
खै अब म के गर्दैछु ?

अव्यक्त हृदयको भावनासित
भलाकुसारी गर्दै
तलमाथि गर्दैछु
म छक्क पर्दै छु
यो अन्योलमा म हराउँदै छु ।

वीर पुर्खाको राष्ट्र नेपाल
अहिले सामाजिक विकृतिले थिचिएको छ
प्रतिष्ठाको चम्किलो ज्योति
अब उडान लिने समस्याहरूले 
धमिलिएको छ 
यसै अलमल्ल हुँदै 
दोधारमा छु
कसलाई सोधुँ 
खै म के गर्दैछु ?

आशा र गर्वले भरिएकी नारी
आज ज्यान जोगाउन 
संघर्ष गर्छिन्
विद्यालय पठाउन छोरी
कम्पीत मन
नफर्किएसम्म
समालिन्छ भन्न सक्दिन
यो कुसंस्कार देखेर
छट्पटिएको म
आक्रोशित भावमा
समालिँदै चुप छु
कसलाई सोधुँ
खै म के गर्दैछु ?

भविष्य देखाउनेहरू भनौँ
इतिहासका सारथीहरू
अब शरद्का 
पुराना पातहरू जस्तै ओइलाएका छन्
लगामको कमान पाएका 
बज्रस्वाँठका जुधाइले
राष्ट्र र राष्ट्रियता 
मौन भएको बेला
उद्दारको चित्कार गुहारमा गुन्जिँदा
होश गुमाएको पथिक जस्तो 
न्यास्रो मनसँग धम्म बस्दै
दुःखको बोझले थुनिएर 
विलम्व पो गर्दैछु 
कसलाई सोधुँ
खै अब म के गर्दैछु ?

कठोर यथार्थको 
सामना गर्न 
बाध्य भएको छु
पोका भित्रको 
अटस मटस बारुद जस्तै
घाममा सेकिन 
तयार भएको छु 
छोप्ने हातको पर्खाइमा
नेतृत्व लिन तयार भएको छु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ