arrow

चन्द्र–सूर्य झण्डा

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ भदौ ८ शनिबार
beti-bajcharya-81-5-6.jpg

जो जहाँको होस् 
जसको जुन धर्मको होस् 
भिन्न भिन्न पहिरन
भिन्न भिन्न जीवन
वा चन्द्रसूर्य झण्डा
हाम्रो हो हाम्रो हो 
पूर्व पश्चिम दक्षिण उत्तर 
नदी नाला पहाड हिमाल
होस् भिन्न भिन्न
जातित्वका उपवन
तर चन्द्र सूर्य झण्डा
हाम्रो हो हाम्रो हो 
छ हाम्रै देशमा 
माता जानकी 
छ हाम्रै देशमा 
भगवान् बुद्ध
कहिले न हार्ने 
आफ्नै स्वाभीमानमा 
हो चन्द्रसूर्य झण्डा ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ