arrow

कुमारी बैङ्क लिमिटेड र र्‍याडिसन होटलबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
kumari-bank-radission-hotel-mou.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र र्‍याडिसन होटेल (लाजिम्पाट, काठमाडौँ) बीच कुमारी बैङ्क लिमिटेडका डेबिटकार्ड तथा क्रेडिट कार्डका प्रयोगकर्ताहरूलाई होटेलबाट प्रदान गरिने विभिन्न सेवा तथा सुविधाहरूमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौता अनुसार कुमारी बैङ्क लिमिटेडका डेबिटकार्ड तथा क्रेडिट कार्ड प्रयोगकर्ताले र्‍याडिसन होटेल बाट प्रदान गरिने खाद्य तथा पेय पदार्थमा १५%, पेस्ट्री सपमा १०%, फिटनेस सम्बन्धी सेवामा २०%, ट्रानक्विलिटी स्पा तथा एयरपोर्ट रेस्टुरेन्ट सेवामा १५% र केकहरूमा १०% छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट बैङ्कका सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै होटेलबाट प्रदान गरिने सेवा सुविधाहरू सहुलियत दरमा प्राप्त गर्न सक्नेमा बैङ्क विश्वस्त रहेको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ