arrow

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १३ बिहिबार
lighiting-chatank.jpg

चितवन । चितवनमा आज दिउँसो करिब ३ बजे चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कालिका नगरपालिका वडा नं. १० पाइमराङका ५० वर्षीय दिलबहादुर प्रजा चेपाङ रहेका छन् ।

सोही घटनामा २४ वर्षीया सरिता चेपाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको अवस्था गम्भीर रहेको र भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ