arrow

नेतात्रयलाई वरिष्ठ नेतामा मनोनित, पदाधिकारी सङ्ख्या तीन थप्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
nekapa-ekikrit-samajbadi.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले पार्टीको उपाध्यक्षत्रय घनेन्द्र बस्नेत, बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेता मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको पदाधिकारी सङ्ख्या तीन थप गरेर २४ पुर्याउने निर्णय गरेको हो ।

स्थायी कमिटी निर्माण गर्दा सबै पदाधिकारीलाई स्वतःकमिटीमा लैजाने निर्णय गरेको बैठकले पार्टीको भावी कार्ययोजनाबारे छलफल गरी विभाग र आयोगलगायत संरचना छिट्टै निर्माण गर्ने निर्णय गरेको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए ।

पार्टीको एकसय पाँच सदस्यीय पोलिटब्युरोको एकतिहाइ सदस्य स्थायी कमिटी बनाउने व्यवस्था छ । त्यस अवसरमा नवनिर्वाचित १८ पदाधिकारी साथै ८४ सदस्यको निर्वाचन गरिएको थियो ।

महाधिवेशनमा पारित गरिएको क्रान्तिकारी समाजवादी कार्यदिशाबारे छलफल गरिएको बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ