arrow

ठूला राजनीतिक दलहरू नै अस्थिरताको कारक - लिङ्देन [भिडियो]

नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा भनेको सामान्य कुरा होइन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १४ शुक्रबार
rajendra-lingden-05-15.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ठूला राजनीतिक दलहरू नै अस्थिरताको कारक भएको बताएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरू नै अस्थिरताको कारक रहेको बताए । उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरूले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए । 

उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा सामान्य कुरा नभएको पनि बताए । कांग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताए । उनले राजनीतिक दलहरूले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाए । उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए । 

उनले भने, ‘अहिले देश एक प्रकारले अभिभावक विहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रूपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरू स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रूपमा उपयोग गर्न खोजिरहेका छन् । सामान्य कुरा होइन की, नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्ने कुरा भनेको सामान्य कुरा होइन । कांग्रेस र कम्युनिष्टहरुल कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासन बाहेक राजाले म आफैँ चलाउनुपर्‍यो भनेर तीन वर्षको म्याद मागेर चलाएकोमा त्यो १८ महिनामै दलहरूले आपत्ति जनाएपछि ल दलहरूले नै चलाउन् भनेर छोडिदिएको हो । त्यो १८ महिनाको समय बाहेक जे सुकै नाममा होस्, यही कांग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साँच्चि छौँ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ