arrow

कसो होला !

logo
कविता गौतम, 
प्रकाशित २०८१ भदौ १५ शनिबार
kabita-gautam-81-5-15.jpg

एकैछिन बसेर हेरे कसो होला 
मेरो मन कति न्यानो छ 
एकपटक छामेर हेरे कसो होला 
नभन न म कठोर छु
नसोच न म मुटु नभएको 
एक अस्थिपन्जर मात्र हुँ 
नसुन न तिमी यो दुनियाँको
एकैछिन मलाई सुनेर हेरे कसो होला 
म घिस्रिरहेको छु यात्रा भरि 
तिमी मेरो हात समातेर हिँडे कसो होला 
छुटेका छन् आफ्ना लागेकाहरू
भेटिएका छन् पराइ लाग्नेहरू
अब मलाई तिमीले पराइ नठाने कसो होला 
म छुटिने छैन 
मलाई तिमीले आफ्नै ठाने कसो होला ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ