arrow

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आठौँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमको आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
reliable-nepal-life-7th-anniversary.jpg

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।

कम्पनीले आफ्नो आठौँ वर्षमा प्रवेश गर्दा, करिब ७० लाख बीमित, रिलायबल एडभाइजर, नियमनकारी निकायहरू, लगानीकर्ता, कर्मचारी, पत्रकार, र अन्य सरोकारवालाहरूलाई हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीको पहुँचलाई दुर्गम क्षेत्रसम्म पुर्‍याउन अहम् भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै, रिलायबलले भविष्यमा अझ उच्च जिम्मेवारी वहन गर्न प्रेरित भएको र थप सहयोग तथा विश्वासको अपेक्षा राखेको छ।

यस अवसरमा, कम्पनीले सेवा उच्च प्राथमिकतामा राख्दै, ग्राहक मैत्री वातावरणमा उत्कृष्ट कारोबार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। केन्द्रीय कार्यालयमा बिमा जागरणसहितको प्रभात फेरी, र विभिन्न शाखाहरूमा विविध कार्यक्रमहरू गरी सातौँ वार्षिक उत्सव मनाइएको छ।

कार्यक्रमहरू अन्तर्गत दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वास्थ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण, विभिन्न शाखाहरूबाट विद्यालयहरूमा शैक्षिक सामग्री तथा वृद्धाश्रममा खाद्य सामग्री वितरण र सरसफाइ कार्यक्रम सम्पन्न गरिएका छन्।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यो वार्षिकोत्सवलाई कर्मचारी तथा एडभाइजरहरूको उल्लेख्य सहभागितामा मनाउँदै आगामी दिनहरूमा अझ सशक्त सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ