arrow

कुमारी बैङ्क र श्री एयरलाइन्सबीच सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
kumari-sree-airliance-mou.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र श्री एयरलाइन्स बीच कुमारी बैङ्क लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्स बाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउन्टरहरूबाट कुमारी बैङ्क लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा-छोरी) को लागि टिकट खरिद गरी कुमारी बैङ्ककै डेबिट-क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवा बाट रकम भुक्तानी गर्दा रु ५०० छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैङ्क विश्वस्त रहेको छ।

विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले अनवरत रुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ