कुमारी बैङ्कले उद्यमशीलता प्रवर्द्धनका लागि क्युआर कारोबारकै धितोमा कर्जा
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १६ आइतबार
545
Shares
तस्बिर : फाइल
काठमाडौँ। देशका हरेक भागमा रहेका उद्यमशीलता प्रवर्द्धनका लागि ”देशैभरि वर्षै भरी“ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरूलाई वित्तीय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा सञ्चालन गरिहरेको छ।
यस योजना अन्त्रगत उद्यमीहरूले आफ्ना नजिक रहेका कुमारी बैङ्कका शाखाहरूमा आफ्ना व्यावसायिक खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तीमा दुई व्यावसायिक कारोबारहरू लगातार ४ हप्ता भई मासिक कम्तीमा दश हजार रुपैयाँ बराबरको कारोबार उक्त बैङ्क खातामा हुँदा उद्यमीहरूले दुई लाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिना नै कुमारी बैङ्कको मोबाइल बैङ्किङ एप प्रयोग गरी सहजै लिन सक्ने छन्।
यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फत नै गर्न सकिने भएकोले व्यावसायिहरू कर्जा लिन तथा तिर्नका लागि बैङ्क जानु पर्ने छैन । यस सुविधाबाट साना उद्यमीहरू सहजै औपचारिक वित्तीय संयन्त्रमा आकर्षित हुने तथा उनीहरूको उद्यमशीलता प्रवर्द्धनमा केही टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।
विगत २३ वर्ष देखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।