arrow

रुस गए माधव नेपाल, फर्किएपछि इन्चार्ज तोकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
madhav-nepal-02-31.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रुस गएका छन् । ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी रुसको भ्लादिभोस्तक गएका हुन् ।

सम्मेलन सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने भनिएको छ । ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा अध्यक्ष नेपाल सहभागी हुने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने जनाइएको छ । उनको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

अध्यक्ष नेपाल आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम छ । उनी स्वदेश फर्किएपछि पार्टीका विभिन्न विभाग, इन्चार्ज सहितका जिम्मेवारी तोकिने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ