arrow

बगाएर बेपत्ता महिला मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
makawanpur-district.png

मकवानपुर । बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरको बकैया गाउँपालिका-६ कैलेनी खोला तर्ने क्रममा एक्कासि बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय नानीमाया तितुङ मृत अवस्थामा फेला परेकी हुन् ।

आइतबार दिउँसो बाराको निजगढ नगरपालिका-१० लालस्थित रहेको आफ्नै पसलबाट आफ्नो घर फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएकी उनको शव सोमबार भेटिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बाढीले बगाएर बेपत्ता भएकी उनको शव बाराको कोल्बी नगरपालिका-२ बकैया खोला किनारमा भेटिएको हो ।

उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ