arrow

फर्निचरको मेसिन चोरेर भागेका बिहारी मनोज पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १७ सोमबार
manoj-mahato-pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चोरी आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका ३० वर्षीय मनोजकुमार महतो रहेका छन् ।

प्रहरीका अनुसार महतो हरिनास गाउँपालिकास्थित होमिक्स समिल फर्निचर उद्योगमा कार्यरत थिए ।

फर्निचरबाट जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिसमेत हराएको थियो भने महातो फरार भएका थिए ।

फर्निचर सञ्चालकको उजुरीपछि खोजतलास गर्दै जाँदा महतोलाई भदौ १५ गते पर्साको वीरगञ्जस्थित बसपार्क हाताभित्रबाट नियन्त्रणमा लिइएको थियो ।

उनको साथबाट फर्निचरबाट हराएका सामान बरामद भएको थियो ।

पक्राउ परेका महतोबिद्ध चोरी तथा डाँकासम्बन्धी कसूरको मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ