arrow

चिकित्सा शिक्षा आयोगको परीक्षामा त्रुटि भएको भन्दै विरोध [तस्बिर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
medical-student-81-5-18-(17.jpg

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा त्रुटि भएको भन्दै परीक्षार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । 

नतिजा प्रकाशनमा गरेको त्रुटिको विरुद्धमा चिकित्सा शिक्षा कार्यालय अगाडि विधार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

एमबीबीएस र पारामेडिकल प्रवेश परीक्षा दिएका विधार्थीहरुले विरोध प्रदर्शन गरेका हुन् । 

उनीहरुले प्रश्नपत्र, ओएमआर शिट हेर्न पाउनु पर्ने, उत्तर कि हेर्न पाउनु पर्ने, विद्यार्थीहरूको भविष्यसँग खेलबाड नपाइने र प्रश्नपत्र सेट हेर्न पाउनु पर्ने माग गरेका छन् ।

यो विषयले संसदमा पनि स्थान पाएको छ र राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । 

शून्य समयमा बोल्दै सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गरे । 

सांसद गोमादेवी तिमिल्सिनाले पनि चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको परीक्षाको विश्वसनीयताप्रति प्रश्न उठेको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरिन् । 

सांसद भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गनुपर्नेमा जोड दिए । 

medical-student-81-5-18 (1).jpg
medical-student-81-5-18 (2).jpg
medical-student-81-5-18 (3).jpg
medical-student-81-5-18 (4).jpg
medical-student-81-5-18 (5).jpg
medical-student-81-5-18 (6).jpg
medical-student-81-5-18 (7).jpg
medical-student-81-5-18 (8).jpg
medical-student-81-5-18 (9).jpg
medical-student-81-5-18 (10).jpg
medical-student-81-5-18 (11).jpg
medical-student-81-5-18 (12).jpg
medical-student-81-5-18 (13).jpg
medical-student-81-5-18 (14).jpg
medical-student-81-5-18 (15).jpg
medical-student-81-5-18 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ