arrow

लागूऔषधसहित अनिश पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
anish-gurung-kaski.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं १० ईन्द्रमार्गका २९ वर्षीय अनिश गुरुङ छन् ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले अनिशलाई असार १५ गते पक्राउ गरेको हो ।

पक्राउ परेका अनिशको कोठाबाट लागूऔषध डाइजापाम २३ एम्पुल, फेनेरागन ४१ एम्पुल, नुर्फिन ३३ एम्पुल र ब्रुफिन २२ एम्पुल गरी जम्मा एक सय १९ एम्पुल, नाईट्रोभ्याट ३० चक्की, लागूऔषध गाँजा जस्तो देखिन पदार्थ नौ सय ७० ग्राम र डिजिटल तराजु एक थानसमेत बरामद गरेको छ ।

पक्राउ परेका अनिशबिरुद्ध जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्दामा १५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ