arrow

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तीव्रताका साथ पहल गर्छु- प्रस्तावित राजदूत चौहान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
jandabd-chauhan-russia.jpg

काठमाडौँ । रुसका लागि प्रस्तावित राजदूत प्रा.डा.जङ्गबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई नेपाल फर्काउन तीव्रताका साथ पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरूलाई स्वदेश फर्काउन तीव्रताका साथ पहल गर्ने बताए । 

आफ्ना नागरिकहरूलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको बताए । उनले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरूसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने बताए । नेपाली नागरिकहरू बिचौलियाहरूमार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ पुगेका बताए । व्यक्तिगत सम्झौता एक वर्षको लागि रहेको र सम्झौता अवधि सकिएपछि आफैँ फर्किन सक्ने पनि उनको भनाई छ । 

उनले भने – ‘रुसको बजार ठूलो छ । झन्डै १५ करोड जनसङ्ख्या भएको बजार हो । त्यो बजारमा प्रशस्त सम्भावना छन्, हाम्रो देशमा उत्पादित सामानहरूलाई लग्ने । द्विपक्षीय व्यापारहरू जति हुनुपर्थ्यो त्यो हुन सकिराखेको छैन । रुसको पछिल्लो परिवर्तन र नेपालमा पनि आएको पछिल्लो परिवर्तनले निजी क्षेत्रहरू फस्टाएको अवस्था छ । निजी क्षेत्रको बीचमा कुनै सहकार्यहरू भएर हामीले हाम्रा वस्तुहरूको बजारको खोजी गर्दै कसरी बजारलाई बिस्तार गर्न सकिन्छ, र हामी नेपालीहरू कसरी बढीभन्दा बढी लाभान्वित हुन्छौँ भन्नेमा ध्यान दिन जरुरी छ । जति सम्भावना छ द्विपक्षीय व्यापारको त्यो हुन सकिरहेको छैन । इन्धन÷तेलको आपूर्तिको लागि वैकल्पिक स्रोतको रूपमा रुसलाई लिन सकिन्छ । रुसको निजी, राष्ट्रिय तेल कम्पनीहरूले पनि नेपालको निजी क्षेत्रहरूसँग सहकार्य गरेर तेल नेपालमा सप्लाइ गर्न सक्ने प्रस्तावहरू गरिराखेकै छन् । सरकारको जिम्मेवारी छ, आफ्ना नागरिकहरूलाई सही, सलामत फर्काउनु । र मरेकाहरूका लागि आवश्यक क्षतिपूर्ति उपलब्ध गराउनु । र आफ्ना नागरिकहरूको व्यवस्थापन गर्नु हाम्रो कर्तव्य नै भइहाल्यो । तर उनीहरू विभिन्न बिचौलियाहरूबाट, विभिन्न व्यक्तिगत कन्ट्रयाक्टको आधारमा उनीहरू त्यहाँ पुगेका छन् । व्यक्तिगत कन्ट्रयाक्ट एक वर्षको छ । एक वर्षको कन्ट्रयाक्ट सकिएपछि उनीहरू स्वतः कन्ट्रयाक्ट भङ्ग गरेर फर्किन पनि सक्छन् । सुन्नमा आए अनुसार कतिले नागरिकता पाउने प्रक्रियामा छन् । नागरिकता पाए भने फर्काउने कुरामा केही गर्न सक्ने अवस्था रहँदैन । मैले यो समस्या सहजीकरण गर्नका लागि सरकारले पहल गरिराखेको अवस्था हो । मैले त्यसलाई अझ बढी तीव्रताका साथ पहल गर्नका लागि मलाई रुसी भाषाको ज्ञान र रुसीहरूसँग परिचयको कारणले गर्दा पनि सहज हुन्छ कि भन्ने मैले अपेक्षा राखेको छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ