arrow

कुमारी बैङ्कको ‘तीजको शुभकामना’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
kumari-bank-teej-remit.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेडले नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैङ्कमा रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला खातावाला लाई लक्षित गरी तीजको स्वरूप क्यास ब्याक योजना सञ्चालन गरेको छ।

निरन्तर रूपमा सरल, सहज तथा नवीनतम सेवा सुविधा दिँदै आएको कुमारी बैङ्क लिमिटेडले विदेश बाट रेमिट्यान्स प्राप्त हुने गरी खोलिएका महिला लाभग्राहीहरूका खाताहरूबाट डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत रकम भुक्तानी गर्दा तिजको शुभकामना स्वरूप यही भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीलाई रु. १०० को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरूको विद्युतीय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ।

विगत २३ वर्ष देखि निरन्तर वित्तीय साक्षरता प्रवर्धन गर्दै बैङ्किङ सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ