arrow

युवालाई शरीर बन्धक बनाइ यातना दिने चार जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
crime-final-everytime-use.jpg

काठमाडौँ । क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका ३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौँ ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका ११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौँ स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका २९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् । 

उनीहरूले काठमाडौँका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानीलकण्ठ नगरपालिका १ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्नेसम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका १ बाट पक्राउ गरेको हो । 

साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ