arrow
ADVERTISEMENT

४९२ जना कैदीको कैद मिनाहा गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
department-prison-management.jpg

संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० प्रतिशत कैद भुक्तान गरेका ४१९ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका २ जना र वारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने भनी सर्वोच्च अदालतबाट आदेश भएको २०७५ भदौ १ गतेभन्दा पहिलाको वारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ७१ जना गरी ४ सय ९२ जनाको कैद मिनाहाको सिफारिस गरेको हो।

कारागार व्यवस्थापन विभागले कैद मिनाहाको सिफारिसमा परेकाहरूको सूची सार्वजनिक गर्दै कुनै उजुरी वा गुनासो भए सूचना प्रकाशित भएको ७ दिनभित्र प्रमाणसहित विभागमा उपस्थित भई वा ई–मेल (bandi.officer@dopm.gov.np) मार्फत उजुरी दर्ता गराउन भनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ