arrow

भेटिन मन छैन 

logo
कविता गौतम, 
प्रकाशित २०८१ भदौ २२ शनिबार
kabita-gautam-81-5-22.jpg

हराएकी छु 
भेटिन मन छैन
खल्लो छु 
चर्को छु
कसैलाई आफ्नो बनाउन मन छैन 
कसैको हुन मन पनि छैन 
अनि कसैसँग हाँस्न पनि मन छैन 
कसैसँग रुन पनि मन छैन
कसैलाई प्रेम गर्न मन छैन
कसैलाई घृणा गर्न मन छैन 
कतै भेटिन मन छैन
कसैसँग बोल्न मन छैन
कसैलाई सुनाउन मन छैन
जे भए पनि 
जस्तो भए पनि
मलाई म नै हुनु छ 
मलाई अरु जस्तो 
हुनु पनि छैन 
अनि बन्नु पनि छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ