arrow

गणेश चतुर्थी पर्व मनाइँदै [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
ganesh-chaturthi-81-5-22-(1.jpg

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।
 
प्रत्येक वर्ष हरितालिका (तीज) पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । 

यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको प्राकट्य उत्सव मनाउने गरिन्छ ।  
    
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीज) को व्रतको भोलिपल्ट गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । 

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।
 
मङ्गल चतुर्थीसमेत नामले यो पर्वलाई चिनिन्छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । 

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । 

विसं २०६४ मा यसैदिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ ।

ganesh-chaturthi-81-5-22 (1).jpg
ganesh-chaturthi-81-5-22 (2).jpg
ganesh-chaturthi-81-5-22 (3).jpg
ganesh-chaturthi-81-5-22 (4).jpg
ganesh-chaturthi-81-5-22 (5).jpg
ganesh-chaturthi-81-5-22 (6).jpg
ganesh-chaturthi-81-5-22 (7).jpg
ganesh-chaturthi-81-5-22 (8).jpg
ganesh-chaturthi-81-5-22 (9).jpg
ganesh-chaturthi-81-5-22 (10).jpg
ganesh-chaturthi-81-5-22 (11).jpg
ganesh-chaturthi-81-5-22 (12).jpg
ganesh-chaturthi-81-5-22 (13).jpg
ganesh-chaturthi-81-5-22 (14).jpg
ganesh-chaturthi-81-5-22 (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ