arrow
ADVERTISEMENT

रहेनन् अग्रज पत्रकार नरेन्द्र उपाध्याय

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २३ आइतबार
narendra-upadhaya-81-5-23.jpg

काठमाडौँ । अग्रज पत्रकार एन पी उपाध्याय (नरेन्द्रप्रसाद उपाध्याय) को निधन भएको छ । पत्रकार टीएन घिमिरेले सामाजिक सञ्जाल मार्फत जानकारी दिएअनुसार उनको अमेरिकाको क्यालिफोर्नियाको समय अनुसार ३:३८ बजे आइतबार निधन भएको हो । 

उपाध्यायको जन्म सन् १९४० को अन्त्यतिर सप्तरी जिल्लाको बैरवामा भएको थियो। विराटनगरमा हुर्किएका उपाध्यायले आदर्श विद्यालयमा अध्ययन गरे र सन् १९६० को दशकको मध्यतिर काठमाडौँ आएका थिए । 

 उपाध्यायले ज्योति साप्ताहिकबाट पत्रकारिता (सन् १९६९) यात्रा शुरु गरेका थिए। उनले पछि आफ्नै सम्पादनमा टेलिग्राफ साप्ताहिकको प्रकाशन प्रारम्भ गरे। 

अंग्रेजी भाषाको सो साप्ताहिकलाई तीन दशक बढी समयसम्म निरन्तरता दिए। पत्रकार उपाध्यायले आफ्नो जीवनको धेरै समय शिक्षक र पत्रकारको रूपमा बिताए।

 विशेष गरी नेपाल र दक्षिण एसियाली राजनीतिक परिस्थितिबारे लेख्दै उनी नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रहे। उनका लेखहरू मुख्यत: भारत, नेपाल र दक्षिण एसियाली क्षेत्रबीचको भू-राजनीतिक तनावबारे केन्द्रित थिए। 

यसैगरी उपाध्यायले  कम्प्लेक्सिटिज अफ साउथ एसिएन पोलिटिकल अर्डर शीर्षकको पुस्तक पनि प्रकाशन गरेका छन् । 

उपाध्यायका श्रीमती,  एक छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ