arrow
ADVERTISEMENT

राप्तीमा बेपत्ता भएका चौधरी मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
raptinadi.jpg
फाइल तस्बिर

चितवन । राप्ती नदीमा डुबेर बेपत्ता भएका दुइमध्ये एक जनाको शव भेटिएको छ ।

शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका-२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आइतबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका-२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ ।

भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरु बेपत्ता भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ