- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। महालक्ष्मी विकास बैङ्क र राउण्ड टेबल नेपाल बीच बैङ्कबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागजहरू उचित रूपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ। पुराना कागजहरू नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुन प्रयोग तथा पुन प्रशोधन मार्फत वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरूको शैक्षिक विकास गर्ने मूल उद्देश्यका साथ सहकार्य भएको हो।
सहकार्य अन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैङ्कका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरू सङ्कलन गर्नेछ। यसरी सङ्कलन गरिएका कागजहरू राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैङ्कको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुन प्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ । यसबाट बैङ्कले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको “बालबालिकालाई शिक्षित गरौँ “ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन्।
“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैङ्कको देशभर १०३ शाखा कार्यालयहरू र करिब ८ लाख ग्राहकहरू रहेका छन्।
साथै मिति २०८०-०९-२८ मा सम्पन्न बैङ्कको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैङ्क वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ।