arrow
ADVERTISEMENT

संवैधानिक परिषद्को गणितलाई सहज

कार्यकर्ता भर्ती गर्ने बाटो सहज बनाउन उपसभामुखविरुद्ध महाभियोग लगाउने तयारी - लिङदेन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
rajendra-lingden-05-25.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत पुर्‍याउन उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध जनाएका छन् । मंगलबार झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरू संवैधानिक अङ्गहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको बताए । 

उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरू सच्चिने बाटोमा नगएको बताए । उनले राजनीतिक दलहरू फेरि पनि जति सकिन्छ लुटौँ, खाआँै भन्ने बाटोमा गइरहेको आरोप लगाए । उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको बताए । 

उनले भने, ‘मलाई सचेतकले भनिरहनुभएको थियो, कांग्रेस र एमालेको बैठक र सरसल्लाह के भइरहेको छ रे भने संवैधानिक अङ्गहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न अहिलेको संवैधानिक परिषद्को गणितले अप्ठ्यारो पार्‍यो । बहुमत पुगेन रे । बहुमत नपुगेपछि बहुमत पुर्‍याएर आफ्नो कार्यकर्ता नियुक्ति गर्न के गर्नुपर्‍यो भन्दा उपसभामुख हटाउन महाभियोग लगाउनुपर्‍यो भनेर भनिरहेको छ । देश कहाँ गइरहेको छ । यत्रो परिवर्तन आइसक्दा, जनताको असन्तुष्टि यस प्रकार छताछुल्ल भइराख्दा पनि उनीहरू सच्चिने बाटोमा छैनन् । फेरि पनि जति सकिन्छ लुटौँ, जति सकिन्छ खाऔँ । सबै हामी खाऔँ भन्ने बाटोमा लागेका छन् । देश प्राथमिकतामा छैन उनीहरूको ।’

अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको बोझ देशले बोक्न नसक्ने बताए । यसको अन्त्य नगरी देशले स्थायित्व प्राप्त गर्न नसक्ने जिकिर गरे । देश र धर्म जोगाउने अभियानमा राप्रपा हिँडेको बताए । उनले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनै पनि अग्नि परीक्षा दिन तयार रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ