arrow
ADVERTISEMENT

परशुरामलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
prashuram-sharma.jpg

पोखरा । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार परशुराम शर्मालाई प्रदान गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले नेपाल टेलिभिजनका कास्की संवाददाता शर्मालाई छनोट गरेको हो ।

उक्त सिफारिस सहारा क्लब पोखराको बैठकले अनुमोदन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । २०५० सालदेखि नेपाल टेलिभिजनमा आबद्ध उनी नेशनल एफएम, तालचोकका अध्यक्षसमेत छन् ।

नेपाल टेलिभिजन उत्कृष्ट संवाददाता पुरस्कार चारपल्टसम्म पाएका उनलाई भिटोफ सम्मान, लेखनाथ पत्रकारिता पुरस्कार, तत्कालीन जिविसको पुरस्कार लगायत दर्जन बढी सम्मान तथा पुरस्कारबाट सम्मान गरिएको छ । शर्मा लेखनाथ उपल्लो पुँडिटार निवासी हुन् ।

छनोट समिति सदस्यमा क्लब सल्लाहकार दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, निवर्तमान अध्यक्ष हरिराम गुरुङ, पूर्वअध्यक्ष केशवबहादुर थापा, वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ तथा पदेन सदस्यमा अध्यक्ष केशवराज बराल र महासचिव रामजीप्रसाद अधिकारी थिए ।

यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लिलबहादुर थापालाई प्रदान गरिने भएको छ । थापा क्लबमा दुई कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका छन् ।

सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य उनी आफ्नो काम सधैँ क्रियाशील भइ काम गर्छन्् ।

महासचिव अधिकारीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिमा बिनु राना र सुशील रिमाल सदस्य थिए ।

यही भदौ ३० गते सहारा क्लब स्थापनाको २६औँ वार्षिकोत्सव अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने क्लबले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ