arrow
ADVERTISEMENT

लागूऔषधसहित एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
sabin-chhetri-pakrau.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं. ७ का १९ वर्षीय सबिन गैरे क्षेत्री छन् ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ ७ः३० बजे पोखरा ३० पावरहाउसस्थित पृथ्वीराजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा क्षेत्री पक्राउ गरेका हुन् ।

उनको साथबाट लागूऔषध नित्राबीपाम ५८ ट्यात्तलेट, ट्रामाडोल १० ट्याब्लेट र एन्टिकफ तीन ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्रीविरुद्ध जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ