arrow
ADVERTISEMENT

श्रीमानद्वारा श्रीमतीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
bagaletole.jpg

पोखरा । पोखरामा आज दिउँसो श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो घटना पोखरा महानगरपालिका वडा नं. ८ बगालेटोलमा भएको हो ।

हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका-१ नौडाँडा घर भई पोखरा-८ बगालेटोल बस्ने ४२ वर्षीय जहर कुँवर छन् ।

कुँवरले धारिलो हतियार प्रहार गरी ४० वर्षीया राधिकाको हत्या गरेका थिए । राधिकाको घाँटी रेटिएको प्रहरीको भनाइ छ ।

कुँवर दम्पत्ति बीच लामो समयदेखि पारिवारिक विवाद हुँदै आएको र विवाद अदालतसम्म पुगेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुका एक छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ