arrow
ADVERTISEMENT

दिदी !

logo
कविता गौतम,
प्रकाशित २०८१ भदौ २९ शनिबार
kabita-gautam-81-5-29.jpg

आमाले जस्तो निस्वार्थ माया गर्ने
ख्याल राख्ने अनि बुबाले जस्तो साथ र आँट
दिने तिमी बाहेक को छ र ।

आमाबुबाको प्रतिबिम्ब तिमी बाहेक अरु को होला र 
दिदी तिम्रो मुहारमा सधैं खुशी देख्न पाऊँ
तिमीलाई खुशी बनाउन सकूँ
तिम्रो रक्षक बन्न सकूँ ।

जिन्दगीले झरी बनी रुझाउँदा
मलाई बचाउने छाता हौ तिमी
निबन्ध नै निबन्ध बीचको
एउटै मात्र कथा हौ तिमी ।

मैले तिमीमा आफूलाई हराएर
आफूमा तिमीलाई पाएको छु
मैले मेरा हरेक प्रार्थनामा 
तिमीलाई सामेल गराएको छु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ