arrow
ADVERTISEMENT

धुलो र हिलो जिन्दगी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
dhulikhel-khawa-road-81-5-2.jpg

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे, सडक खाल्डाखुल्डीले भरिएको, हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको ४ किलोमिटर सडक यात्रा गर्न सर्वसाधारणले निकै सास्ती भाग्नु परेको छ ।  

सडक निर्माण कार्य समयअवधि भित्र सम्पन्न नगर्नु, सम्बन्धित निकायले ध्यान नदिनु जस्ता कारण निर्माण कम्पनीहरुको लापरबाहीले त्यस क्षेत्रका स्थानीय वषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन् । 

भक्तपुरस्थित सडक डिभिजन कार्यालयले काठमाडौंको गौरीपार्वती निर्माण सेवा नामक निर्माण कम्पनीको लापरबाहीका कारण समयमै निर्माण सम्पन्न नहुँदा बर्खाको समयमा सडक जीर्ण भएर जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माणका लागि विभिन्न समयमा सवारी साधनहरुको आवागमन बन्द गरि कार्य अगाडि बढाए पनि अझै सकिएको छैन ।

राजधानी काठमाडौँबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीनको खासा बजार सम्म पुग्न सकिने सो सडक नेपालको एक प्रमुख व्यापारिक सडक पनि हो । 

केही वर्षदेखि जीर्ण बन्दै भएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाइ कालोपत्र गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालबाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन सडक डिभिजन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो । 

उक्त सडकका लागि २० करोड १९ लाख ४६ हजार पाँच सय रुपैयाँ बजेट विनियोजन गरिएको थियो । निर्माणाधीन सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । 

केही महिना समय थपेर पुनर्निर्माण थालिएकाले छिटो सम्पन्न गर्ने योजना रहेता पनि अहिलेसम्म जम्मा २० प्रतिशत काम मात्र सकिएको छ ।

उक्त सडक खण्ड स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २०७९ जेठ २० गते २२ महिना अर्थात् २०८० चैत १९ गतेको समय तोएिको थियो ।

यो बाटो बनाउन थालेको साढे दुई वर्ष  भन्दा बढी भइसक्यो अझै पनि जस्ताको तस्तै छ। सडक छेउमा व्यवसाय गर्दै आएका होटलहरु सुनसान बन्दै गएका छन् भने कतिपय बन्द भइ सकेको छन् । (तस्बिर– नेपाल फोटो लाइब्रेरी) 
 

dhulikhel-khawa-road-81-5-29 (1).jpg
dhulikhel-khawa-road-81-5-29 (2).jpg
dhulikhel-khawa-road-81-5-29 (3).jpg
dhulikhel-khawa-road-81-5-29 (4).jpg
dhulikhel-khawa-road-81-5-29 (5).jpg
dhulikhel-khawa-road-81-5-29 (6).jpg
dhulikhel-khawa-road-81-5-29 (7).jpg
dhulikhel-khawa-road-81-5-29 (8).jpg
dhulikhel-khawa-road-81-5-29 (9).jpg
dhulikhel-khawa-road-81-5-29 (10).jpg
dhulikhel-khawa-road-81-5-29 (11).jpg
dhulikhel-khawa-road-81-5-29 (12).jpg
dhulikhel-khawa-road-81-5-29 (13).jpg
dhulikhel-khawa-road-81-5-29 (14).jpg
dhulikhel-khawa-road-81-5-29 (15).jpg
dhulikhel-khawa-road-81-5-29 (16).jpg
dhulikhel-khawa-road-81-5-29 (17).jpg
dhulikhel-khawa-road-81-5-29 (18).jpg
dhulikhel-khawa-road-81-5-29 (19).jpg
dhulikhel-khawa-road-81-5-29 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ