arrow
ADVERTISEMENT

आशीर्वाद

logo
बेटी बज्राचार्य,
प्रकाशित २०८१ भदौ २९ शनिबार
beti-bajracharya-81-5-29.jpg

चन्द्रसूर्य झण्डा फर्फराइरहेछ 
नेपाली सन्तानहरु मुस्कुराइरहेछन् 
कस्तो बाध्यता
मातृभूमि छाडेर 
परदेशमा हिँडिसकेछन् 
तर पनि मुटुमा मातृभूमि 
आँखामा मातृभूमि
ढुकढुकीमा मातृभूमि
आमा नेपाल छिन् प्रफुल्लित
दीयो बलिरहेछ 
आशीर्वाद दिइरहेछ 
ती योग्य सन्तानहरुलाई 
जसको मुटुमा सदा
मातृभूमि जीउँदो छ 
अर्पित गर्छन् तन
अर्पित गर्छन् मन
अर्पित गर्छन् धन
दिन्छन् आफ्नै 
अचल सम्पत्ति पनि 
कुनै स्वार्थ नराखी 
त्यसैले माटोले दिइरहेछ 
आशीर्वाद !
आशीर्वाद !
आशीर्वाद !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ