arrow
ADVERTISEMENT

पाँच लाख ६० हजार गाजाका बालबालिकालाई लगाइयो पोलियो विरुद्धको खोप – राष्ट्रसङ्घ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
palest-gaja.jpg
तस्बिर – फाइल ।

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले गाजापट्टीका १० वर्ष मुनिका पाँच लाख ६० हजार भन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाएको जनाएको छ ।

गाजाको उत्तर, मध्य र दक्षिणी क्षेत्रमा आपतकालीन खोप अभियानको पहिलो चरण बिहीबार समाप्त भएको मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले जानकारी दिएको छ ।  

ओसीएइचएका अनुसार उत्तरी गाजामा पहिलो चरणमा संयुक्त राष्ट्रसङ्घ तथा यसका साझेदारले एक लाख १२ हजार भन्दा बढी बालबालिकामा खोप लगाइएको छ ।

साझेदारहरूले करिब चार हप्तामा खोप अभियानको दोस्रो चरण शुरु गर्ने तयारी गरेको ओसीएचएको कार्यालयले जनाएको छ ।

मानवतावादीले डब्ल्यूएचओको नयाँ विश्लेषणलाई उदृत गर्दै जुलाई २३ सम्म गाजामा घाइते भएका २२ हजार ५०० मानिसलाई गम्भीर चोटपटक लागेको अनुमान गरेका छन् जसलाई आगामी वर्षमा पुनर्वास सेवाहरू आवश्यक पर्छ । 

ओसीएचएले गाजामा स्वास्थ्य प्रणालीको विनाशको बीचमा ३६ मध्ये केवल १७ अस्पतालमात्र आंशिक रूपमा सञ्चालनमा रहेको जनाएको छ । 

सीमित अस्पतालहरुमा पनि आक्रमण, असुरक्षा र बारम्बार निकासी आदेशको कारण प्राथमिक स्वास्थ्य लगायतका सेवासमेत पहुँच योग्य छैनन् ।

वेस्ट बैङको तुलकार्म र टुबासमा इजरायली सेनाले गरेको पछिल्लो  अपरेसनबाट प्रभावित मानिसको आवश्यकता मूल्याङ्कन गर्न मानवीय साझेदारलाई परिचालन गरेको कार्यालयले जनाएको छ जहाँ एक दर्जन प्यालेस्टिनीले मृत्यु भएको थियो ।   
 
ओसीएचएले प्यालेस्टिनी र इजरायली सेना बीचको गोलीबारीले इजरायली अपरेसनको क्रममा बुधबार र बिहीबार सर्वसाधारणको घरहरू क्षतिग्रस्त हुँदा दर्जनौँ परिवारहरू विस्थापित भएका जनाएको छ । 

वेस्ट बैङ्क क्षेत्रहरूमा घातक युद्ध र रणनीतिको प्रयोगले कानूनी मापदण्ड नाघेकाले यसबारे चिन्ता बढेको ओसीएचएले जनाएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ