arrow
ADVERTISEMENT

ट्रम्पलाई मार्ने प्रयास, एके–४७ राइफलको निशाना चुक्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
trump21.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति एवं नयाँ राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई मार्ने प्रयास भएको छ । 

उनीमाथि आक्रमणकारीले एके–४७ राइफलले चलाएको गोली प्रहार चुकेको थियो । सीएनएनका अनुसार फ्लोरिडाको पाम बिच काउन्टीमा इन्टरनेशनल गल्फ क्लब नजिकै ट्रम्पमाथि गोली चलेको थियो । 

उक्त घटनामा उनी सुरक्षित रहेका छन् । यो घटनाको छानबिनका लागि एफबीआईलाई जिम्मेवारी दिइएको छ । एफबीआईले यो घटनालाई हत्या कोसिसको दृष्टिकोणबाट अनुसन्धान गरिने जनाएको छ । 

अधिकारीहरुका अनुसार एक संदिग्धसँग एक नली खाले एके–४७ जस्तो राइफल र एक गोग्रो क्यामेरा रहेको थियो । 

रिपोर्टअनुसार जब ट्रम्प पाँचौँ होलमा गल्फ खेलिरहेका थिए तब गोली चलेको थियो । उक्त क्षेत्रमा राइफलको नली देखिएको बताइएको छ । सेक्रेट सर्भिस एजेन्टले उनीमाथि गोली चलाएकोसमेत बताइएको छ । एफबीआईका अनुसार आक्रमणकारी र ट्रम्पबीचको दूरी तीन सय देखि पाँच सय मिटरको फरकमा थियो । 

उक्त आक्रामणकारीलाई प्रहरीले सडकमा पक्राउ गरेको छ । उक्त आक्रमणकारी एक अपराधी नै भएको बताइएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ