arrow
ADVERTISEMENT

८६.५९ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
landruk-modi-hydro-86-59-mw-bank-mou.jpg

काठमाडौँ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन सम्पन्न भएको छ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैङ्कको नेतृत्वमा ६ वटा बैङ्कले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन सम्पन्न भएको हो। आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपूर्ण विद्युत् विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुच्छ्रे बैङ्क लिमिटेडको तर्फबाट विनीत कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुङ्ग्याएका हुन्।

१६ अर्ब ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैङ्कहरूले ७५ प्रतिशत अर्थात् १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रवर्द्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरूले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले जनाएको छ ।  

आयोजनामा ग्लोबल आइएमई, एभरेस्ट, एसबीआई, कृषि विकास र लुम्बिनी विकास बैङ्क समेत सहभागी भएका छन्। अन्नपूर्ण विद्युत् विकास प्रालिद्धारा प्रवर्द्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्दछ। जलविद्युत विज्ञहरूका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात् सबैभन्दा धेरै उचाइ भएको आयोजना हो। 

उक्त आयोजनाको हेडवक्स देखि विद्युत् गृहसम्मको वास्तविक उचाइ १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरूमा यो लेभलको उचाइ सबै भन्दा धेरै हो। नेपाल विद्युत् प्राधिकरणसँग यस अघि नै विद्युत् खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कार्त्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रवर्द्धक कम्पनी अन्नपूर्ण विद्युत् विकासले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ