arrow

छयासी जना फरार प्रतिवादी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
pakrau9.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले भदौ महिनामा ८६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६३ जना पुरुष र २३ जना महिला रहेका छन् ।

डीएसपी वसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा चेक अनादर मुद्दाका ५२ जना, लागूऔषध मुद्दाका नौ, बैंकिङ कसुर मुद्दाका ६ जना छन् ।

यसैगरी चोरीसम्बन्धी १ जना, अपहरण तथा शरीर बन्धक मुद्दामा १ जना, हातहतियार तथा खरखजना मुद्दामा १ जना, नागरिकता तथा छाप दस्तखत किर्तेमा १ जना, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानीमा २ जना, बाल यौन दुरुपयोगमा २ जना, अभद्र व्यवहार मुद्दामा ३ जना, लेनदेन मुद्दामा ३ जना, सवारी ज्यान मुद्दामा २ जना र जालसाझी मुद्दामा ३ जनालाई पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए ।

उनीहरु सबैलाई फैसला कार्यान्वयनको अदालतमा बुझाइएको उनले बताए ।

प्रतिवादीबाट ४६ लाख ४२ हजार जरिवाना र जेल सजाय गर्न अदालतले फैसला गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ